www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलोपटक ‘वडाअध्यक्ष कप बुद्धिचाल प्रतियोगीता २०७८’ हुँदै

विजेताले १५ हजार रुपैयाँ, सिल्ड मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाईडिङ र बोटिङ गर्ने अवसर

पोखरा, ताण्डव न्यूज

माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा ‘वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगीता २०७८’ हुने भएको छ । प्रतियोगिता यहीं कार्तिक १२, १३ र १४ गते हुने आयोजकले जानकारी दिएका छन् ।

यस्तो प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रम संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीको दाबी छ । ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगीताको लागि इन्टरनेशनल आर्केटरहरु पोखरा आउने छन्’ भण्डारीले भने । यो प्रतियोगिता फिडेले मान्यता दिएको प्रतियोगिता भएको उनले खुलाएका थिए । प्रतियोगितामा ६० भन्दा बढीको सहभागिता हुने आयोजको अपेक्षा रहेको छ ।

Batas

प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क स्थानीयका लागि ५ सय रुपैयाँ र अन्यका लागि १ हजार रुपैयाँ लाग्नेछ । प्रतियोगिता पोखरा १७ मा रहेको छोरेपाटन माविको प्रांगणमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाईडिङ र बोटिङ गर्ने अवसर पाउनेछ ।

यस्तै द्धितिय पुरस्कार १० हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतिय पुरस्कार ५ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्रको साथमा बोटिङ, चौथो पुरस्कार ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको साथमा बोटिङ, पाँचौ पुरस्कार २ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर रहेको आयोजकले जानकारी दिएका छन् । छैटौदेखि दशौं स्थानसम्मका लागि नगद १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर प्रदान गरिने छ ।

यसका साथै उत्कृष्ट महिला, उत्कृष्ट अनरेटेड, उत्कृष्ट भ्रेन्टान्सलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पोखरा महानगरपालिका वडा नम्बर १७ को विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगितामा बुद्धिचाल संघ कास्की सहयोगी संस्थाको रुपमा रहेको छ । प्रतियोगीताका सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाई छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.