www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा गण्डकीमा थप ७६ जना संक्रमित

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ७६ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ५ सय २९ जनामा कोभिड परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपूर पूर्व ४, स्याङ्जा १४, बागलुङ १, कास्की ३३, तनहुँ ८, पर्वत १, लमजुङ १३ र गोरखा १ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका १७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै ४ सय २४ जना होम आइसोलेसनमा रहेका छन् । भने ४ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकीमा १ जनाको मृत्यु निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.