www.tandavnews.com
Fact ~ In search of truth

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस
नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको २ हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।

१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो । पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।

सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.