www.tandavnews.com
Fact ~ In search of truth

नदिपुरस्थित विरेन्द्र पार्कमा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

साढे ५ लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने

पोखरा, ताण्डव न्यूज

राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थित विरेन्द्र पार्कमा निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अवसरमा कात्तिक १९ गते अनावरण गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

साढे ५ लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने पार्क निर्माण समितिका अध्यक्ष वसन्त कतिलाले जानकारी दिए । सो अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिने छ ।

Batas

पवित्र धार्मिक स्थल नारायण स्थानसँगै रहेको पार्कलाई पनि धार्मिकसँगै पर्यटकिय स्थलको रुपमा विकाश गर्न शालिक स्थापना गरिएको अध्यक्ष कतिलाले जानकारी दिए । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई ठोस गुरुयोजना बनाएर अझ व्यवस्थित बनाउने समितिको योजना रहेको उनले बताए ।

राजा राघवदेवको पालामा साख्वाले गरिबहरुको ऋण मोचन गरी दासत्वबाट मुक्ति दिलाएको अवसरमा राजाबाट नेपाल संवत चलाइएको रहेको धारणा छ । साख्वालाई सरकारले २०५६ साल मसिंर ३ मा राष्ट्रिय बिभूति घोषणा गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.