www.tandavnews.com
Fact ~ In search of truth

रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै

एजेन्सी, ताण्डव न्यूज

रुसमा कोरोनाका कारण मृत्यु हुनेदर बढ्दै गएपछि थप कडाई गरिने भएको छ । पछिल्लो एक सातादेखि रुसमा दैनिक १ हजारभन्दा बढीको दरले कोरोना संक्रमणका कारण मृत्यु हुन थालेको छ । जसका कारण रुस सरकारले राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा कडाई गर्ने भएको हो ।

रुसमा गत २४ घन्टामा मात्रै १ हजार १ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३७ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको छ । यस्तै रुसमा कोरोनाका कारण संक्रमित हुने दर पनि बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै ४० हजार २ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

Batas

योसँगै रुसमा कोरोनाका कारण हालसम्म ८ लाख ४७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक रुस भएपनि पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण राजधानी मस्कोमा लकडाउनको घोषणा गरिएको छ भने अन्य सहरहरूमा पनि प्रतिबन्ध जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मानिसहरूलाई अनावश्यक हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.