www.tandavnews.com
Fact ~ In search of truth

गोरखा जनगणना ०७८ः ८५ हजार घरमध्ये ६६ हजार घरमा बसोबास

गोरखा

गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्यांक कार्यालयका प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिए ।

जिल्लाभित्र यही भदौ ३० गतेदेखि असोज १८ गतेसम्म गरिएको घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्यांकअनुसार १९ हजारभन्दा बढी घरमा मानिस बसोबास नरहेको पाइएको प्रारम्भिक तथ्यांक प्राप्त भएको उनले बताए । मानिस बसोबास नभएका घरमध्ये केही बसाइँसराइ गरी गएका तथा बाहिर घर भएर पनि भूकम्पीय जोखिममा रहेको पाइएको प्रमुख ढुंगानाले जानकारी दिए ।

Batas

प्रारम्भिक तथ्यांकमा जिल्लामा ६६ हजार घरमा मानिसको बसोबास भए पनि परिवारको संख्या भने करिब ७१ हजार रहेको छ । ‘तथ्यांक संकलनका क्रममा कतिपय एउटा घरमा २ परिवारसमेत बसोबास गरेको पाइएको छ, उनले भने, ‘जसले गर्दा मानिस बसोबास गरेको घरको संख्याभन्दा परिवारको संख्या झण्डै ५ प्रतिशतले बढी हुन आएको छ ।’

घरपरिवार सूचीकरणको तथ्यांक संकलनमा खटिएका ९८ सुपरीवेक्षले जिल्लाभित्र रहेका कृषिको लगत, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्राविधिक शिक्षा लिए नलिएको, बैंकसँग ऋण लिए नलिएको बारेमा पनि तथ्यांक संकलन गरिएको थियो ।

जिल्लामा यही कात्तिक २५ गतेदेखि हुने मुख्य जनगणनाका लागि ४०२ गणक परिचालन हुनेछन् । जनगणनाका लागि विभिन्न ५ केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख ढुंगनाले जानकारी दिए । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित हुने जनगणनामा खटिने कर्मचारीलाई सहयोग गरी सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.