www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

पोखरा-२० कांग्रेसका युवाहरु एमाले प्रवेश

hima aus

पोखरा ।

पोखरा-२० आंटीघरका युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन । सरोज गुरुङ (मिक्की)को नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेका हुन । सरोज सहित उक्त गाउका युवाहरु चोकेन्द्र गुरुङ, नेत्रमान गुरुङ, प्रेम अधिकारी लगायतका युवाहरु एमाले प्रवेश गरेका हुन् ।

विगत १५ वर्षदेखी हङकङमा रेष्टुरेण्ट व्यवशाय गर्दै आएका सरोज गुरुङले अगामी दिनमा नेपालमानै व्यवशाय गर्ने र नेपालमानै राजनिती गर्ने उद्देश्यले आफु नेकपा एमाले प्रवेश गरेको बताएका छन । नेपाली कांग्रेसमा आवद्ध गुरुङले एमाले प्रवेश गर्दै लामो समयदेखी नेपालको राजनिती नजिकबाट नियाल्दै आइरहेको र पछिल्लो समयमा नेकपा एमाले जस्तो पार्टी अरु नभएकाले आफु एमालेनै रोजेर अगाडि वढेको बताए ।

Batas

युवाहरु एमाले प्रति आकर्षित रहेको र आफुहरु जस्तो व्यवशायीहरुलाई समेत एमाले पार्टीले समाहित गरेर अगाडि बढेकाले आफुले अवको दिनमा नेकपा एमालेमा रहेर पार्टी र आफ्नो व्यवशाय समेत अगाडि बढाउने बताए । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सीम गुरुङको कामबाट प्रभावित भइ वडाको बिकासको निम्ति एउटै डुंगामा सवार गर्ने भन्दै एमाले प्रवेश गरेको समेत उनले बताए ।

classic tech

गुरुङले आफुले लामो समय विदेशमा अर्काको काम गरेर भएतापनि त्यहीनै व्यवसाय सञ्चालन गरेको र हङकङमा समेत आफुले ३ वटा छुट्टा छुट्टै ठाउमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएको र आफ्नै जम्मभुमिमा केही गर्नुपर्छ भन्ने अभिप्रायले पोखरा २० आंटीघर गाउमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गरी उडल्याण्ड रिसोर्ट सञ्चालनको तयारीमा रहेको र हाल उक्त काम तीव्र रुपमा अगाडि वढिरहेको समेत बताए ।

युवाहरु नेपालमा केही नदेखेर विदेश पलायन भएतापनि त्यहां वस्दा रहदा सिकेको सीपलाई नेपालमा फर्केर लगानी गर्न तर्फ ध्यान केन्द्रित गराउनका लागी आफुले ग्रामीण परिवेशमा पनि रिसोर्ट सञ्चालन गर्ने सोचले अगाडि बढेको गुरुङले वताए ।

गुरुङ संगै पोखराका एक दर्जन वढी युवा व्यवसायीहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले अविर र माला लगाई एमालेमा स्वागत गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.