www.tandavnews.com
Fact ~ In search of truth

सुन तोलाको रु ९२ हजार

काठमाडौँ

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो ।

Batas

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर १ हजार २५० कायम भएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.