www.tandavnews.com
Fact ~ In search of truth

मनाइयो कुकुर तिहार

काठमाडौँ

यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

Batas

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बिहान ७ः १४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चर्तुदशी लागेको हो ।

आज बिहान अरुणोदयकालमा चतुर्दशी नभएको र बिहीबार बिहान अरुणोदयकालमा चतुर्दशी रहेकाले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । चर्तुदशीको बिहान खोला, नदी, ताल, तलाउ, पोखरी गई नरक स्नान गरेर बत्तीबाली नरके बगाउने यो पर्व अरुणोदयकालअघि नै मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले सुनाए । नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.