www.tandavnews.com
Fact ~ In search of truth

गाेरखासँगै, पाेखरा, काठमाडाैँ तथा देशभर पृथ्वी जयन्ती मनाइँदै

पाेखरा

ताण्डव न्यूज । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ। नेपाल एकिकरणकाे उद्गम थलाे गाेरखासँगै पाेखरा, काठमाडाैँ लगायत देशभर नै  विभिन्न सामाजिक संघसंस्थाकाे अगुवाइमा पृथ्वीनारायणा शाहलाइ सम्झीन लागिएकाे हाे ।

Batas

शाह गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रूपमा १७७९ पुस २७ गते जन्मेका थिए। तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए।

तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए। शाह १७९९ चैतमा गोरखाको राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए।  शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो। उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाए।

शाहका कान्छा छोरा बहादुर शाहको पालामा नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि १८७२ सम्म वर्तमान भूभागमा सीमित हुन पुगेको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.