www.tandavnews.com
Fact ~ In search of truth

सेरा लिओनमा ३ दिने राष्ट्रिय शोक घोषणा

शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने

फ्रिटाउन, सिन्ह्वा

सेरा लिओनमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले ३ दिने शोकको घोषणा गरेको हो । यही सोमबार, मंगलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिएको छ । अस्पतालमा उपचार भइरहेका मध्ये अधिकांशको शरिरका धेरै भाग जलेका छन् । उनले घटनाका बारेमा निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धतासमेत जनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Batas

‘हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नु पर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनु पर्ने उपायहरु अपनाउनु पर्दछ,’ उनले भने । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतक मध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाईकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भिड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.