www.tandavnews.com
Fact ~ In search of truth

यता फेसबुकमा जलवायु परिवर्तनबारे चिन्ता, उता उद्योगको धुलोले स्थानीयलाई सास फेर्नै सकस

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपालका एक मात्र फोब्र्स लिस्टेड अर्बपति बिनोद चौधरी जलवायु परिवर्तनबारे सामाजिक सञ्जालमा चिन्तित देखिए । युएनडिपीले जलवायु परिवर्तन सम्बन्धि बनाएको भिडियो फेसबुकमा श्यर गर्दै सो भिडियोकाे भनाई लेखेका छन् ।

यहि अक्टोबर २९ मा सञ्जालमा उनको क्याप्सन छ ‘लोप हुने बाटो नरोज्नुहोस्, बहाना बनाउन छोड्नुहोस् । आफ्नो जातीलाई लोप हुनबाट जोगाउनुहोस् ।’ समानुपातिक सांसद समेत रहेका चाधरीलाई पक्कै पनि जलवायु परिवर्तनबारे चिन्ता लागेर लेखेको हुनुपर्छ ।

Batas

चौधरी ग्रुपका अध्यक्ष चौधरीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा उद्योगहरु छ । सिजी इन्डस्ट्रियल पार्क नाम दिइएको उक्त क्षेत्रमा चाउचाउ, बियर, चुरोट, जुस र स्न्याक्स(चिप्स लगायत)हरु उत्पादन हुन्छ । उद्योगकै कारण यहाँका स्थानीयले रोजीरोटी पाएको कुरामा दुईमत छैन । तर, पटकपटक उक्त उद्योगबाट हुने प्रदुषण न्यूनिकरणका लागि ध्यानाकर्षण गराइरहँदा अटेर भइरहेको छ ।

उद्योग वरपरका स्थानीय, प्रदुषणकै कारण सास फेर्नै गाह्रो भएपछि आज (मंगलबार) आन्दोलनमा उत्रिए । उनिहरुले उद्योगको मेन गेटमा ताला ठोकिदिएका छन् । उद्योगमा जलाइने भुसको धुलो(डडाल्लो)ले हैरान भएपछि ‘अटेरी’ उद्योगको अघि पुनः आन्दोलन दोहोरिएको हो ।

यसअघि २०७४ साउन १३ गते पनि ‘प्रदुषण कम गराइदेऊ, बस्न गाह्रो भो, सास फेर्न गाह्रो भो’ भनेर स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यसअघिपनि आन्दोलनमा उत्रदाँ मौखिक सहमति भएपछि आन्दोलन रोकेका थिए स्थानीयले । तर उद्योगले स्थानीयको आवाजलाई लात हानिदियो । कार्यान्वयन गर्ने नामोनिशान देखिएन ।

अति भएपछि आन्दोलन नै गर्नुपरेको देबचुली नगरपालिका-२ का वडाध्यक्ष माधव केसीले बताए । पटक पटकको अनुरोधलाई नकारेपछि उद्योगमा ताला लगाइएको उनको भनाई छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.