www.tandavnews.com
Fact ~ In search of truth

२ पसलमा आगलागी, ९० लाख बढीको क्षति

चन्द्रौटा

कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन् ।

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ ।

Batas

फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.