www.tandavnews.com
Fact ~ In search of truth

हिमपहिरोमा परेका चौँरीको तथ्यांक संकलन सुरु

पोखरा, ताण्डव न्यूज

मुस्ताङ हिमपहिरोमा परेका चौँरीको तथ्यांक संकलन सुरु भएको छ । हिमपहिरो खसेको क्षेत्र नजिकै चौँरीको चरन क्षेत्र भएकाले स्थानीयवासी र सुरक्षाकर्मी मिलेर तथ्यांक संकलनमा लागेका हुन् ।

चरनमा गएका कति चौंरी हिमपहिरोमा परे यकिन तथ्यांक भोलिसम्म सार्वजनिक हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले ताण्डव न्यूजलाई जानकारी दिए । आईतबार दिउँसो हिमपहिरो आएपछि भाग्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिकामा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरि ११ जना घाइते भएका थिए । उनीहरुको हाल जोमसोम अस्पतालमा उपचार भईरहेको छ ।

Batas

हिमपहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन न्याउरिकोटका स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.