www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा म्याक्सवेलको सम्मेलन, विभिन्न कर्मचारी पुरस्कृत

पोखरा, ताण्डव न्यूज

अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअलमार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज भर्चुअलमार्फत सम्पन्न गरेको हो ।

Batas

सो सम्मेलनमा म्याक्सवेल चितवन शाखा, नेपालगञ्ज शाखा, धरान शाखा, काठमाडौं तथा विराटनगरबाट शाखा प्रमखसहितको उपस्थिति रहेको म्याक्सवेल पोखरा शाखा म्यानेजर रोशन लिम्बुले बताए । म्याक्सवेलको सहसंथापक सञ्जिव मण्डलले होस्ट गरेको जुम मिटिङमार्फत विभिन्न शाखाका कर्मचारीहरु पुरस्कृत भएको लिम्बुले जानकारी दिए । उनका अनुसार म्याक्सवेल पोखरा नगद रु ८० हजार सहित ट्रफिद्वारा पुरस्कृत बन्यो । त्यसैगरी म्याक्सवेल चितवन शाखा ४८ हजार नगद तथा ट्रफिद्वारा पुरस्कृत भयो । उत्कृष्ट लिडरको उपाधि पाउँदै चितवन शाखाकै कर्णविर परियारले नगद रु ३२ हजारसहित ट्रफी प्राप्त गरे ।

यसैगरी विभिन्न शाखाका कर्मचारीहरुले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत बनेका थिए । सो भर्चुअल सम्मेलनमा नेपालका विभिन्न शाखा तथा भारतको मनिपुर, कलकत्ता तथा सिलोङलगायत विभिन्न शहरहरुबाट म्यानेजर तथा कर्मचारीहरुको उपस्थितिथ रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.