www.tandavnews.com
Fact ~ In search of truth

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । ७ मङ्सिर (रासस) ः
दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक अहिले जारी छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनोट, निर्वाचन अयोगको कामलगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
–––

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.