www.tandavnews.com
Fact ~ In search of truth

एमाले महाधिवेशनमा पत्रकारहरुलाई प्रेस चौतारीको हेल्प डेस्क

चितवन

प्रेस चौतारी नेपाल चितवन शाखाले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ महाधिवेशनलाई लक्ष्य गरेर हेल्प डेस्क स्थापना गरेको छ । देशभरबाट महाधिवेशनको रिपोर्टिङ गर्न चितवन आउने पत्रकारका लागि उक्त शाखाले हेल्प डेस्क स्थापना गरेको हो ।

प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा नौ सदस्यीय हेल्प डेस्क समिति गठन गरिएको छ । ‘चौतारी हेल्प डेस्क’ मार्फत देशभरबाट आउने पत्रकारलाईसहजीकरण र समन्वय अध्यक्ष पण्डितले जानकारी दिए । उनले पत्रकारलाई असजिलो र अप्ठ्यारो महसुस नहोस् भनेर हेल्प डेस्क स्थापना गरिएको बताए ।

Batas

एमालेको महाधिवेशनको उद्घाटनसत्रस्थल नारायणी नदी किनारमा पत्रकारलाई रिपोर्टिङका लागि पार्टीले छुट्टै स्थानको व्यवस्था गरेको जनाएको छ । यस्तै बन्दसत्र हुने चितवनको सौराहमा मिडिया सेन्टरसमेत स्थापना गर्न लागिएको छ ।

स्वयंसेवकलाई प्रशिक्षण

एमालेको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ । बुधबार पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर प्रशिक्षण दिइएको बताए ।

महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको थियो । महाधिवेशनको उद्घाटनसत्र यही मंसिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र ११ र १२ गते सौराहामा हुने छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.