www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिड अपडेटः २८१ जना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा २८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, १ हजार ८०५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी देशभर हालसम्म ७ हजार ३४९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.