www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

एमाले महाधिवेशनः तनहुँबाट पाँच आकांक्षी

दमौली

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिका छन् । उनले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ ‘क’ अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेकी हुन् ।

रु दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उनले जानकारी दिइन् । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो । कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।

Batas

एमाले महाधिवेशनः तनहुँबाट पाँच आकांक्षी

नेकपा ‘एमाले’ को चितवनमा जारी महाधिवेशनमा तनहुँका पाँच जनाले पदाधिकारीसहित केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरेको छ । जिल्लाबाट उपाध्यक्षसहित पाँच जनाले केन्द्रीय सदस्यमा आकांक्षा व्यक्त गरिएको हो ।

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले उपाध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका छन् । गत महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका उनले यस पटक पनि सोही पदमा आकांक्षा व्यक्त गरेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य एकबहादुर राना, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य टुकराज सिग्देल, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता राना र गुरुङले जनजाति कोटाबाट, सिग्देलले गण्डकी प्रदेशको भूगोलबाट र न्यौपाने महिला कोटाबाट उम्मेदवार बन्ने बताए । एमालेले यसपटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य प्रत्याभूति गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क रहेको बताइन् । यसपटक पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने र विजयीसमेत हुनेमा ढुक्क रहेको उनले बताइन् ।

विसं २०५१ मा नेकपा ‘एमाले’ को सदस्यता प्राप्त गरेकी उनी विसं २०५६ बाट यता निरन्तर एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा छन् । न्यौपाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्जसमेत हुन् ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिए । गत कात्तिक २७ गते तनहुँमा प्रतिनिधि छनोट गर्ने क्रममा उनी जिल्लाबाट छनोट हुन सकेको थिएन । गलैँचा निर्यात संघका केन्द्रीय अध्यक्षसमेत रहेका उनले उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.