www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिड अपडेटः १५८ जनामा संक्रमण पुष्टि, ३४३ जना कोरोना मुक्त

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, २ हजार ३१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

Batas

यसैगरी देशभर हालसम्म ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.