www.tandavnews.com
Fact ~ In search of truth

बस दुर्घटनामा दुईको मृत्यु

कर्णाली ।

जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिइन् ।

Batas

उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको उनले बताइन् ।

उनका अनुसार बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाइएको उनले जानकारी दिइन् । घटनास्थलमा प्रजिअ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थलतर्फ गएका छन् ।

उक्त दुर्घटनामा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्स घटनास्थल पुगेर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.