www.tandavnews.com
Fact ~ In search of truth

पाल्पा : मोटरसाइकल दुर्घटनामा ज्ञवालीको मृत्यु

पाल्पा
ताण्डव न्यूज ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन छहरा सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका ७, स्थित बतासेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालया पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना बुधबार बिहान करिब ११ बजे भएको थियो ।

Batas

दुर्घटनामा परी गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४ का ४३ वर्षीय अनिल ज्ञवाली सामान्य घाइते भएका छन् । सामान्य घाइते रहेका उनी उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.