www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमतिको संख्या ३ करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

नयाँदिल्ली, सिन्ह्वा

भारतमा हिजो बुधबार ९ हजार ७६५ जनामा कोरोना संक्रमण देखापरेपछि कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बुधबार कोरोना संक्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या ४ लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

Batas

गएको २४ घण्टामा भारतमा ८ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको संक्रमण निको भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.