www.tandavnews.com
Fact ~ In search of truth

खप्तडी बस्नेतहरुको भेला सम्पन्न, विभिन्न समिती गठन

पोखरा।
खप्तडी बस्नेतहरुको भेला सम्पन्न भएको छ । शुक्रबार पोखरा–२० भलाममा सम्पन्न भेलाले केशर बहादुर बस्नेतको नेतृत्वमा विभिन्न कार्यसमित चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मोहन बस्नेत, सचिवमा दिनेश बस्नेत,कोषाध्यक्षमा रमन बस्नेत, सह–सचिवमा सुस्मीता बस्नेत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रतिक्षा बस्नेत, नारायण बस्नेत र सल्लाहाकारहरूमा क्रमशं संस्थापक अध्यक्ष भरत बस्नेत, प्रेम बहादुर बस्नेत र हिम बस्नेत चयन भएका छन् ।

साथै उक्त भेलाले खप्तडी बस्नेत कूल वंश प्रतिष्ठान उप समिति समेत गठन गरेको छ । प्रतिष्ठानको संयोजकमा हिम बस्नेत, सदस्यहरुमा भरत बहादुर बस्नेत, गणेश बस्नेत, दिवेश बस्नेत, सुस्मीता बस्नेत रहेका छन् ।
त्यस्तै उक्त भेलाले बस्नेत कूल वंश प्रतिष्ठानको विधान मस्यौदा तयार गरि कानुन बमोजिम दर्ता प्रकिृया जाने निर्णय गरेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.