www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

लुम्बिनी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगंगा नगरपालिका– २ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।

Batas

उनले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसंग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट विश्व नै आक्रान्त रहेको अवस्थामा पनि जनजीवनलाई सहज बनाउने प्रयास भएको भन्दै कोरोना भाइरसबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरिन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्र नेपालको जीवनरेखा भएको बताउँदै चुरेको संरक्षणमा नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आह्वान पनि गरिन् ।

उनले विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गरिन् । यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गरेकी थिइन् । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा ‘एमाले’ का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कैलाश आश्रम धामको विकासमा आफूले सक्दो पहल गर्ने बताइन् ।

आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न यस्ता महायज्ञबाट महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.