www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिड अपडेटः ३१५ जनामा संक्रमण पुष्टि, २७३ जना कोरोनामुक्त

काठमाडौँ,

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ । पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.