www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थप ८ हजार ६०३ जना कोरोना संक्रमित

नयाँदिल्ली, सिन्ह्वा

भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

Batas

गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.