www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति पुटिन आज भारत आउँदै

नयाँ दिल्ली, एएनआई

भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने । भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।
रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।”

Batas

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसकाबीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.