www.tandavnews.com
Fact ~ In search of truth

नेप्से परिसूचक ३२ अंकले उकालो लाग्यो

काठमाडौँ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अंकभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अंकले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।

आइतबार नेप्सेमा उच्च अंकको गिरावट देखिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६३ अंकले उकालो लागेर ४८०.९७ मा पुगेको छ ।

Batas

कूल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर रु चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मूल्यमा खरिद बिक्री भए । नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन ।

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १३, व्यापार ३.८८, होटेल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत् ८२.५३, वित्त ५७.८७, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बीमा १२३.२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६८ अंकले बढेको छ ।

सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १५ लाख ९३ हजार १२८ बराबरको कारोबार भयो । यस्तै, नेसनल हाइड्रोपावर रु १५ करोड ३२ लाख १५ हजार ३८५, हिमालयन डिस्टिलरी रु १४ करोड ९७ लाख १२ हजार ४३५, महालक्ष्मी विकास बैंक रु १४ करोड ४५ लाख चार हजार ६२८ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ९२ लाख ६१ हजार १९३ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.५५, साहस ऊर्जा ८.१७, माहुली सामुदायिक लघुुवित्त ७.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६.८८, न्यादी हाइड्रोपावर ४.७१, युनिलिभर नेपाल २.६५, एनएमबी पचास १.९६ र सबैको लघुवित्तका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.