www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीमा प्रहरीको साइबर सुरक्षा ‘क्लास’

पोखरा, ताण्डव न्यूज

पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।

सामुदायिक सेवा केन्द्र, पृथ्वीचोकको पहलमा दिइएको प्रशिक्षणमा विद्यार्थीहरुलाई सामाजिक सञ्जाल, सुरक्षा चुनौति र साइबर अपराधबारे तालिम दिइएको छ । पछिल्लो समाजमा सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै परिणामबारे जानकारी दिँदै प्रहरीले साइबर अपराधबारे सचेतनामूलक प्रशिक्षण दिए ।

Batas
विद्यार्थीलाई सामाजिक सञ्जाल, सुरक्षा चुनौती र साइबर अपराधबारे तालिम दिँदै प्रहरी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले विद्यार्थीहरुको उमेर र स्वभावका कारण सामाजिक सञ्जालमा बढी व्यस्त हुने र यसको दुरुपयोग हुनसक्नेतर्फ सचेत गराउँदै सञ्जालमा अपराधिक व्यक्तिको चंगुलमा फस्न सक्ने औंल्याए । देशभित्र हुनेगरेका यस्ता अपराधमा युवावर्गको बढी संलग्नता हुने गरेको जनाउँदै सामाजिक सञ्जालले अपराधको दुनियाँमा डोर्याउन सक्ने उल्लेख गरे ।

विद्यार्थीलाई सामाजिक सञ्जाल, सुरक्षा चुनौती र साइबर अपराधबारे तालिम दिँदै प्रहरी

मुख्य प्रशिक्षककारुपमा रहेका निरीक्षक अधिकारीले केही अपराधजन्य उदाहरण पेश गर्दै साइबरको क्षेत्रमा रहेका चुनौति र अवसरबारे प्रशिक्षण दिएका थिए । केन्द्रले विभिन्न विद्यालय र क्याम्पसमा साइबर सुरक्षाका अलावा, लागुऔषधको प्रयोग र बालबालिकाको बेचबिखनविरुद्ध प्रशिक्षण दिँदै आएको छ ।

प्रशिक्षणको समापनसत्रमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले केन्द्र, जिल्ला प्रहरी कार्यालय र प्रशिक्षक अधिकारीलाई धन्यवाद दिँदै आगामी दिनमा शिक्षापयोगी कार्यक्रमको अपेक्षा गरिन् । उक्त प्रशिक्षणमा स्नातकतहका विद्यार्थी सहभागी थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.