www.tandavnews.com
Fact ~ In search of truth

पौष १५ देखि १७ सम्म २३औँ पोखरा सडक महोत्सव

पोखरा
ताण्डव न्यूज ।

पोखराको लेकसाईडस्थित ३ किलोमिटर सडकमा २३ औं संस्करणको पोखरा सडक महोत्सब हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान)को आयोजनामा आउँदो पौष १५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने भएको हो ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक नरेश भट्टराईले स्वास्थ्य मापदण्ड अपनाउँदै यस वर्ष महोत्सव आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । पोखरा खुल्लैछ भन्ने सकरात्मक सचुना प्रवाह गरी पर्यटन प्रवर्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल“ को रुपमा विकाश गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

Batas

’सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गरी ईसाईहरुको महान पर्व क्रिसमस डे को दिनदेखिनै तयारी थालिने रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अर्न्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् । महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिने छ ।

पोखरा सडक महोत्सव सम्पन्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईलाई तोकिएको छ । त्यस्तै सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह संयोजक रहेका छन् । साथै विभिन्न उपसमितिहरु समेत गठन गरी तयारी अघि बढाईएको छ ।

यसपटक कोरोना संक्रमण गत बर्ष भन्दा कम भएको, पर्यटकको चहल पहल बढेको तथा कोरोना बिरुद्धको वृहत खोप कार्यक्रम पनि सम्पन्न भइसकेकोले महोत्सवमा सहभागीको संख्या बढ्ने र यस बर्षको सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने रेवानको अपेक्षा छ ।

महोत्सवको समयमा विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने दावी गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.