www.tandavnews.com
Fact ~ In search of truth

‘अत्याधिक मतले विजयी गराउनुहुनेछ भन्ने अपेक्षा छ’ :केन्द्रीय सदस्य उम्मेद्वार पाण्डे

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रिय सदस्य उम्मेद्वार लक्ष्मी पाण्डेले अत्याधिक मत सहित विजयी हुने अपेक्षा गरेकी छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगत्तै प्रतिक्रिया दिँदै महिला तर्फ(खस आर्य)बाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी पाण्डेले आफ्नो पक्षमा माहौल राम्रो पाएको बताइन् ।

‘माहौल अत्यन्तै उत्साहजनक छ । सबै प्रतिनिधिहरुसँग भेटघाटमा व्यस्त छु । सबै सकरात्मक हुनुहुन्छ ।’ उम्मेद्वार पाण्डेले भनिन् ।

Batas

महिला सशक्तिकरणका मुद्दामा होस् वा मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिने अनुहारमध्येकी हुन्, कास्कीकी कांग्रेस नेता लक्ष्मी पाण्डे । उनी कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेकी पाण्डे कास्की कांग्रेसको कोषाध्यक्ष हुनुपूर्व क्षेत्रीय इकाई सभापति भएकी थिइन् । त्यसैगरी उनले जिल्ला महिला संघ कास्कीको पनि नेतृत्व सम्हालेकी थिइन् । नेविसंघको राजनीतिक आन्दोलनका क्रममा र २०६२र०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि जिल्ला कोषाध्यक्ष हुँदै गर्दा आर्थिक संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी पाण्डेले सम्पन्न गरिन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाण्डौँमा जारी छ । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै भोलि सोमबार बिहानदेखि मतदान सुरु हुने कार्यतालिका छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.