www.tandavnews.com
Fact ~ In search of truth

महानगर कार्यवाहक प्रमुख गुरुङद्धारा वडा कार्यालय भवनको शिलान्यास

गण्डकी

पोखरा महानगरपालिका–८ स्थित न्यूरोडमा वडा कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सो भवनको आज शिलान्यास गर्दै महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा दिएको बताइन् ।

कूल चौध आना जग्गामा भूमिगत पार्किङ, लिफ्टसहित ६ आनामा ५ तल्ले सुविधा सम्पन्न कार्यालय र बाँकी जग्गामा बगैँचा अन्य आवश्यक संरचना निर्माण हुने सो भवनको लागत रु २ करोड ९७ लाख रहेको इञ्जिनीयर नरेन्द्र बस्यालले जानकारी दिए ।

Batas

नगरपालिकाका ३३ वडामध्ये ८ नयाँ भवन निर्माण गरिनुका साथै ११ वटा कार्यालयको स्तरोन्नति गरिएको छ भने अन्य निर्माणाधीन अवस्थामा र पाँच वटाको जग्गा प्राप्तिको लागि पहल भइरहेको जनाइएको छ ।

महानगर प्रवक्ता धनबहादुर नेपालीले महानगरका बासिन्दालाई प्रविविमैत्री सेवा प्रवाहमा नवनिर्मित सुविधान सम्पन्न भवन कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

वडा नं ८ का वडाध्यक्ष रुद्र बरालका अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष रवीन्द्र प्रजु, प्रमुख प्रशासकीय बलराम रिज्याल, वडासदस्य कृष्णमान ठुसाजु, निर्माण कम्पनीका खेम तिमिल्सिना, वडासचिव सविता ढुङ्गानालगायतले तोकिएका समयमा विकास निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिएको थियो ।

पोखराकै मुख्य सडकमा वडा कार्यालय भवन निर्माणसँगै सेवाग्राहीको सुरक्षा र सुविधाका लागि तत्काल आकाशे पुल निर्माणमासमेत ध्यान दिनुपर्ने वडावासीको माग छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.