www.tandavnews.com
Fact ~ In search of truth

छोरीको सम्झनामा बुबाआमाद्वारा अबिश्री अक्षयकोष स्थापना

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धिताल कि अबिश्री पौडेलको सम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अबिश्रीको नाममा उनका बुबा त्रिबिक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गरेका हुन् ।

Batas

पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले संचालन गर्ने गरी उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानध्यापक शिवराज अधिकारीले जानकारी दिए । कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । ब्याजको आधा रकम रहेक वर्ष कक्षा ५ बाट पास हुने एक जना उत्कृष्ट छात्रा र आधा रकम विद्यालयका सर्वोकृष्ट विद्यार्थीलाई प्रदान गरिने जनाइएको छ ।

सोही कार्यक्रममा स्वर्गीय आबिश्रीका बुबाआमाले छोरीको सम्झनामा कक्षा ५ सम्मका ५० जना छात्रछात्रालाई शैक्षिक सामाग्रीसमेत प्रदान गरेको छ । ११ वर्षीय आबिश्रीको गतवर्ष करेन्ट लागेर ज्यान गएको थियो ।

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.