www.tandavnews.com
Fact ~ In search of truth

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

Batas

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ घटेर रु एक हजार २४५ पुगेकोे महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.