www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलोपटक मित्रमिलन सहकारीद्धारा अनलाईन ट्याब बैंकिङ सुरुवात

पोखरा,ताण्डव न्यूज ।

पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अनलाइन ट्याव बैंकिङ सेवा सुरुवात गरेको छ । आज एक कार्यक्रमकाबिच संस्थाका अध्यक्ष रमण पौडेल र ईन्फोडेभलपर्स प्रालीका गण्डकी प्रदेश ईन्चार्ज सुवास आचार्यले संयुक्तरुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

यो सेवा सुचारु भएसँगै संस्थाका सदस्यहरुले जहाँबाट पनि रियल टाईम खातामा नगद जम्मा, चेक भुक्तानी, खाताको विवरण प्राप्त तथा अन्य सुविधाहरु प्राप्त गर्नेछन् । सहकारीमा नविननतम प्रविधिको प्रयोगसँगै सदस्यहरुसँगको कारोबार सुरक्षित र विश्वसनिय हुनुका साथै पेपरलेस कारोबारलाई बढावा दिन सहयोग पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए ।

Batas

संस्थाले सामाजिक उत्तरदायित्वलाई ध्यान दिँदै सदस्यहरुलाई विभित्र नविनतम प्रविधिमार्फत गुणस्तरीय सेवा दिँदै आईरहेको अध्यक्ष रमण पौडेलले जानकारी दिए । संस्थाले यसअघिनै पोखरामा पहिलोपटक क्युआरकोड सेवा सुचारु गरेको र अनलाइन ट्याब बैंकिङ सेवा पोखरामा पहिलोपटक भएको ईन्फोडेभलपर्स प्रालीका प्रदेश ईन्चार्ज सुबास आचार्यले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.