www.tandavnews.com
Fact ~ In search of truth

हाइटीमा जिउँदै जलाइएका २ पत्रकारको ‘वीभत्ष’ हत्याको राष्ट्रसंघद्वारा निन्दा

न्यूयोर्क, अमेरिका

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका २ पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।

‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्’, दुजारिकले २ पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने । ‘हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं । यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ’, डुजारिकले थपे ।

Batas

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए । अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक संकट गहिरिँदै गएको छ ।

एएनआई

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.