www.tandavnews.com
Fact ~ In search of truth

भारतीय संसद्का ४ सयभन्दा बढी कर्मचारीमा कोभिड संक्रमण

नयाँ दिल्ली

भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो ।

संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको हो । ‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा संक्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ, एजेन्सीले एक अधिकारीले भने । संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।

Batas

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।

सिन्ह्वा

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.