www.tandavnews.com
Fact ~ In search of truth

जिप्रका नवलपरासी कार्यालयभित्र पुस्तकालय स्थापना

नवलपुर

जिल्ला प्रहरी कार्यालय नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गरे ।

विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मंगलबार जिल्लाको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी कार्यालयभित्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनका निमित्त पुस्तकालय शुभारम्भ गरिएको उनको भनाइ छ ।

Batas

प्रहरी कार्यालयमा सञ्चालित नागरिक प्रहरी पुस्तकालय निर्माणका लागि आवश्यक पर्ने पुस्तक, फर्निचर, र्याकसहितका सामग्री जुटाउन जिल्लाको कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालनमा आएको नागरिक प्रहरी पुस्तकालयमा प्रहरी कर्मचारी तथा आम नागरिकको समेत सहज रुपमा पहुँच हुने बताए । पुस्तकालयमा कानुन, उपन्यास, कविता, कथासहितका आख्यान र गैरआख्यान गरी करिब एक हजार थान पुस्तक रहेको गिरीले जानकारी दिए । पुस्तकालयमा आवश्यकताअनुसार नेपाली तथा अङ्ग्रेजी भाषाका किताब थप गर्दै लगिने उनले बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.