www.tandavnews.com
Fact ~ In search of truth

क्लास्सिक टेकले लन्च गर्यो देशकै उच्च इन्टरनेट गतिको ‘टाक्एन प्याकेज’

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि प्रारम्भ भएको र १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लास्सिक टेकले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहरमा सेवा दिँदैं आएको छ । ५ जिएचजेट राउटर र मेष वाइफाई ल्याएको क्लास्सिक टेकले इन्टरनेटको आवश्यकता र आफ्ना प्रयोगकर्ताहरुको मार बुझेर छिठो छारितो र एकदमै न्यून मूल्यमा नयाँ उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको छ ।

Batas

फेसबुक लाइभमार्फत नयाँ ब्राण्ड एम्बासेडर विपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो । कम्पनी को उद्देश्य ‘उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा पहुँच’ हुनेछ ।

टाक्एन प्याकेजमा १५० एमविपिएस, २२५ एमविपिएस, ३२५ एमविपिएस, ६२५ एमविपिएस र १००० एमविपिएसको विभिन्न प्याकेजहरु समायोजन गरिएको छ । १५० देखि १००० एमविपिएससम्मको प्याकेज क्लास्सिकको वेवसाइट www.classic.com.np मार्फत लिन सकिने छ । अहिलेको विद्यमान परिस्थिमा इन्टरनेटको महत्व झन् बढेर गएको र प्रयोगकर्ताहरुले भोग्नुपर्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको छ ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.