www.tandavnews.com
Fact ~ In search of truth

बेइजिङ शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानहरुमा प्रतिबन्ध लगाउने

वासिङ्टन

बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोना भाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ । अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ ।

जनवरी १९ मा सुरु भएको र कम्तिमा २ हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सिीनएनले जनाएको छ । शुक्रबारसम्म, केवल २ उडानहरू अझै पनि त्यो अवधिका लागि सञ्चालन गर्न योग्य देखिन्छन् ती मध्ये एक युनाइटेड एयरलाइन्स ‘युएएल’ सँग हुनेछ।

Batas

बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा सुरु हुनेछ र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।
जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । त्यस नियमको अर्थ हो यदि ५ वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान २ हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ । यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्छ ।

चीनले आफ्नो ‘सर्किट ब्रेकर’ नियमहरूलाई ‘महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदम’ भनेर बचाउ गरेको छ । ‘खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्,’ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए । डिसेम्बर २४ देखि जनवरी १२ सम्म, चीनका लागि प्रस्थान गर्ने ९,३५६ अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइभन्दा बढी रद्द गरिएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.