www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थप २ लाख ५८ हजार नयाँ संक्रमित

नयाँ दिल्ली

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २ लाख ५८ हजार ८९ जना संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जना नयाँ संक्रमित थपिएका थिए ।

भारतमा अहिलेसम्म कुल ३ करोड ७३ लाख ८० हजार २५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । संक्रमित अवस्थामै रहेकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म संक्रमित मध्ये ८ हजार २०९ जनामात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ ।

Batas

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या १ लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या झण्डै १ लाख कम भएकाले दैनिक रुपमा सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३ करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ४ लाख ८६ हजार ४५१ रहेको छ ।

एएनआई

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.