www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको आदेश: होटेल/रेष्टुरेण्टमा मास्क, भौतिक दुरी र खोप कार्ड अनिवार्य

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरसको संक्रमण दर बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थानहरुमा कडाई गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रशासनले स्वास्थ्यका सम्पुर्ण मापदण्ड अपनाउन जिल्लावासीहरुलाई आग्रह गरेको छ ।

प्रशासनले माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, हेल्थ क्लब,जिम खाना, फुटसल, हाटबजार र ब्युटीपार्लर सञ्चालन नगर्न आदेश दिएको छ । प्रशासनले जिल्लामा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुमा पनि अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आदेश दिएको छ । ‘जिल्लामा सञ्चालित होटेलहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड वा २४ घण्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट लिई आएका सेवाग्राहीहरुलाई मात्र चेक–इन गरी सोको विवरण अद्यावधिक गरी राख्ने, सबै प्रकारका रेष्टुरेण्ट सञ्चालन गर्दा बाजागाजा बजाउने कार्य पूर्ण रूपमा रोक्का गरी राती १०ः०० बजे सम्म मात्र सञ्चालन गर्न सकिने’ विज्ञप्तिमा उल्लेख छ ।

Batas

हेर्नुहोस् विज्ञप्ति

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.