www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

महेन्द्रनगर ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।

तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला दुई महिनाको मात्रै जोखिम भत्ता पाएको बताए ।

Batas

“पहिलो लहरमा सरकारले चार महिनाको शतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो, ” उनले भने, “दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन ।” यहाँका पालिकास्तरका स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन् ।

स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको बताए । “यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन् , ” उनले भने ,“नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो ।” गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.