www.tandavnews.com
Fact ~ In search of truth

युक्रेनमा आक्रमण गर्ने योजना छैनः रुस

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने–
युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए ।

तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताए ।यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोपमात्र भएको उनले बताएका छन् ।

युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ । तर ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।

अमेरिका र बेलायतमा युक्रेनमा रहेको आफ्नो दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्याबश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् ।
रासस÷सिन्ह्वा
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.