www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस गण्डकी प्रदेशको कार्यालय भोलि उद्घाटन गरिने

पोखरा
ताण्डव न्यूज ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्यालय आईतबार उद्घाटन गरिने भएको छ ।

पोखरामा शनिबार पत्रकार सम्मेलन गरी कार्यालय उद्घाटनबारे जानकारी दिईएको हो । पोखराको तेर्सापट्टीमा स्थापना गरिएको कार्यालयको काँग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

Batas

आगामी निर्वाचनलाई समेत लक्षित गरी पार्टीका कामहरुलाई संस्थागत तवरले अघि बढाउनका लागि कार्यालय स्थापना गरी अघि बढेको नेता शर्माले बताए । पार्टीका सम्पूर्ण जिम्मेवार पदमा रहेका व्यक्तिहरुको सहभागितामा कार्यालय उद्घाटनको कार्यक्रम गरिने उनको भनाई छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.