www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर वडा नं २ काे नयाँ भवन उद्घाटन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नम्बर २ को नयाँ भवनको आज उद्घाटन गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर जिसीले भवन बनेपछि वडाबासीले सहज रुपमा सेवा पाउन सक्ने विश्वास व्यक्त गरे । स्थानीय तह गणतन्त्रको प्रमुख आधार भएको भन्दै मेयर जिसीले गणतन्त्रको अनुभूति हुनेगरी जनताका काम गर्न आग्रह गरे । ‘सेवाग्राहीका कुरा सेकेण्डमा सुन्ने र मिनेटमा काम सक्नेगरी अघि बढ्नुस,’ मेयर जिसीले भने,’वडा नं २ को जस्तो सेवा दिनुप¥यो भनेर सबै नागरिकले सुशासनको प्रत्याभूति गर्न सकून ।’ उनले समयमै निर्माण सक्ने निर्माण व्यवसायी, वडाका प्रतिनिधि र कर्मचारीहरुलाई पनि धन्यबाद ज्ञापन गरे ।

Batas

कार्यक्रममा बोल्दै उप प्रमुख मन्जुदेवी गुरुङले महानगरले दिने सेवा चुस्त दुरुस्त बनाउनका लागि पूर्वाधार निर्माणलाई जोड दिएको बताईन् । उनले महागरका ३३ वटा मध्ये ५ वटा मात्र वडाका भवन निर्माण हुन बाँकी रहेको जानकारी दिईन् ।

महानगरका प्रमुख प्रसासीय अधिकृत बलराम रिज्यालले वडा नं २ ऐतिहासिक पृष्ठभूमि बोकेको वडा भएकाले धार्मिक र पर्यटकीय दृष्टिकोणले आवस्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

वडा नं २ का वडा अध्यक्ष रामेश्वर मल्लले वडा भवन निर्माणसंगै वडाबासीलाई छिटो छरितो रुपमा सेवा दिन सहज भएको बताए । वडामा लिफ्टसहित ३ तले भवन निमार्ण भएको छ । भवन २ करोड २५ लाख २७ हजारमा सम्पन्न भएको हो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.