www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा नम्बर ४ का २० घण्टाको नवजात शिशुमा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

पोखराका एक २० घण्टाको नवजात शिशुसहित गण्डकी प्रदेशमा नयाँ ३३ संक्रमित थपिएका छन् ।

Batas

थपिएका संक्रमित मध्ये नवलपरासीका २८, कास्कीका ४ र गोरखाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

पोखरा वडा नम्बर ४ को २० घण्टाको नवजात शिशु सहित वडा नम्बर २ र २० को एक–एक जना र अन्नपुर्ण गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवजात शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एन.आइ.सी.यू मा भर्ना गरिएको छ ।

अन्य  सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८६६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.