www.tandavnews.com
Fact ~ In search of truth

कृषिलाई व्यवसायीक बनाउन सरकार प्रतिबद्धः मुख्यमन्त्री पोखरेल

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यवसायीक बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

१८ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिई चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

Batas

उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ ।’

धान उत्पादनमा वृद्धिः खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ आज मुलुकभर १८ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ मनाइँदैछ ।

यसै दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

हिलो खेल्ने, रोपाइँ जात्रा, दहीच्यूरा खाने दिनका रुपमा असार १५ गतेलाई मनाउने परम्परा छ । वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि वि.सं. २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी वि।सं। २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो मुख्यमन्त्री पोखरेलले सबैमा अनुरोध गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.