www.tandavnews.com
Fact ~ In search of truth

‘मैले गलत गरेको छैन’ :ठेकेदार थापा

पोखरा
ताण्डव न्यूज ।

आफुले गल्ती नगर्दा पनि अरोप खेप्नु परेको गुनसो ठेकेदार भीम बहादुर थापाले गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा नाली निर्माणका नाममा खोलबाट अवैध रुपमा उत्खनन गरेको आरोपलाई थापाले खण्डन गरेका हुन् ।

‘सामाजीक सञ्जालमा हालै शु.न.पा–११ निवासी इंश्वर बहादुर श्रेष्ठले व्यक्तिगत मान प्रतिष्ठा र चरित्रमा आँच आउने गरि वडा ११ का वडा वडाध्यक्ष दल बहादुर थापा र मेरो नाम जोडेर अनावश्यक कुरा लेख्यो,’ उनले भने, ‘श्रेष्ठ आफै गलत मान्छे हो, हाम्रो चरित्रमा दाग लगाउने काम गर्दै हिडेकाे छ ।’

Batas

थापाले अन्तैबाट ल्याएको बालुवाको फोटो खिचेर श्रेष्ठले अनावश्यक तोडमोड गरेको बताए । ‘स्थानीय खोलाबाट नदिजन्य पदार्थ ढुंगा वालुवा उत्खनन् गरेर स्टक गरेर राखेको तस्वीर, समेत हेर्यौ, देख्यौ,’ उनले भने, ‘सो तस्वीरमा केहि चोकरहरु (वालुका) सेती नदिको पनि प्रष्ट चिनिएको छ । मेरो ट्याक्टर श्रावण देखि झण्डै साढे ५ महिना जति नचलाई राखेँ ।’

थापाले सबै काम नियम अनुसार गरेको सुनाए । ‘सम्भवतः शुक्लागण्डकी ११ वडा कार्यालयबाट स्थानीय खोलाबाट सार्वजनिक विकाश योजना प्रयोजनको लागी बालुवाको राजस्वको लागी सिफारिस लैजाने व्यक्ति हो जस्तो लाग्छ,’ उनले भने, ‘वडामा बुझ्दा पनि थाहा हुन्छ । वडा र शु.न.पा बाट विनियोजीत बाटो मर्मत सुधारमा बाटो विस्तार गरि पक्की नाला निर्माणको लागि जेसिबी मेसिनले खन्नु पर्ने पहिला मेसिन पाइएन । बाटो विस्तार, नाली खन्न नपाएकोले, र नखन्दै साईटमा ढुंगा बालुवा राख्न मिल्ने विस्तार गर्न नमिल्ने भएका हुनाले वाटोको छेउमा राख्न मिल्ने स्थानमा राखेको हो ।’

सम्बन्धित न्यूज

शुक्लागण्डकीः नाली निर्माणको निहुँमा क्याङ्दी खोलामा अवैध उत्खनन्

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.